नियम २२२
अधिकार प्राप्त अधिकारीको काम र कर्तव्य
(१) यस नियमावलीमा अन्यत्र लेखिएको काम र कतवर््यको अतिरिक्त अधिकार प्राप्त अधिकारीको काम र कर्तव्य देहाय
बमोजिम हुनेछ ः–
(क) अधिकार प्राप्त अधिकारी वा कार्यालय प्रमुख हाल साविक भएमा यस नियमावली बमोजिम बरबुझारथ गर्ने, सरुवा बढुवा भै जा“दा आÇनो पालाको आय व्ययको लेखा, बेरुजुको लगत, बेरुजु फछ्र्यौटकोध कारबाहीको स्थिति र कार्यालयको आर्थिक, भौतिक तथा जनशक्तिको वास्तविक स्थितिको विवरण तयार गरी हालवालालाई बुझाउने,
(ख) कार्यालयमा दाखिल हुन आएको रकमको लेखा राख्ने र कार्यालयको सम्पूर्ण आर्थिक कारोबारको उत्तरदायित्व वहन गर्ने,
(ग) कार्यालयको नगदी, जिन्सीमा हानी नोक्सानी हुन नपाउने गरी नियन्त्रणको व्यवस्था गर्ने,
(घ) कार्यालयमा आर्थिक अनुशासन कायम गर्ने वा गराउने,
(ङ) यस नियमावली तथा आर्थिक प्रशासन सम्बन्धी प्रचलित कानूनको जानकारी राखी तदनुसार पालन गर्ने वा गराउने,
(च) लेखापरीक्षणबाट निस्केको बेरुजुको जवाफ समयमै दिई सो बमोजिम फछ्र्यौट भयो वा भएन अनुगमन गर्ने र दिएको जवाफ वा प्रमाणबाट
फछ्र्यौट नभए पुन जवाफ वा प्रमाण पेश गरी फछ्र्यौट गराउने,
(छ) आर्थिक कारोवार गर्दा आर्थिक प्रशासन शाखा प्रमुखको राय नलिई वा राय विपरीत निर्णय गरेको खर्चको रकम कलमको जिम्मेवारी वहन
गर्ने । आर्थिक प्रशासन शाखा प्रमुखले राय दिएको रकम कलमको हकमा निजले समेत संयुक्त जिम्मेवारी वहन गर्नेछ ।
(२) जिल्ला विकास समितिको सचिवले कोष तथा लेखा नियन्त्रक कार्यालयको सहयोग लिई गाउ“ विकास समिति र नगरपालिका तथा आफूले अख्तियारी दिएको कार्यालयको आर्थिक कारोबारको कम्तीमा वर्षको एकपटक निरीक्षण गरी सोको प्रतिवेदन सम्बन्धित गाउ“ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति तथा सम्बन्धित मन्त्रालय तथा स्थानीय विकास मन्त्रालयमा पेश गर्नु पर्नेछ ।